अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , ३ महिना अगाडि

काठमाडाैं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।नेपाली अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको छ ।अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उहाँको अवस्था सामान्य रहेको जनाएको छ ।गोली प्रहारबाट घाइते हुनुभएको ट्रम्पलाई गुप्तचरहरूले नजिकैको अस्पतालमा लगेका थिए ।

गोली प्रहारमा संग्लग्नको आशङ्का गरिएका एक पुरुष र अर्का एक सर्वसाधारणको मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।