काठमाडाैं । लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् ।