काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन्।
कार्यकारी निर्देशक घिसिङले पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताए ।
उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताए । उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको बताए ।
निर्देशक घिसिङले सकेसम्म तिहारमा विद्युत् पुर्याएर निर्यात समेत गर्न पुग्ने विद्युत् प्राधिकरणसँग रहेको बताए । सबैकाे घर,सरकारी भवन जताततै बालिएको बत्तीका कारण काठमाडौं धपक्क उज्यालो देखिएको छ । साभार