‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगमा दोषी ठहर,५ वर्ष कैद सजाय

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ महिना अगाडि

काठमाडाैं । गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ्ग ‘दीपक मनाङे’ लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो । 

यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।

०७८ मा उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो ।मनाङ्गे उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा गएका थिए ।

सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटक पटक मन्त्री समेत बनिसकेका छन् ।