चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सत्रकिलोमा बस र ईलेक्ट्रीक हायस ठोक्किदा ४ जनाको मृत्यु भएको छ ।दुर्घटनामा ६ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नं.को ई.भि. हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नं. को बस आज बिहान ३ बजेको समयमा एक आपसमा ठाेकिएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार दुर्घटनामा विद्युतीय गाडीका चालक खैरहनी-४ का ३९ वर्षका अनुज अधिकारी, सोही गाडीमा रहेका गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने वर्ष ४०/४२ का राज बहादुर गुरुङ, नवलपरासी बिनयत्रिबेणी गाउँपालिका-४ बगैंचा बस्ने ३५ वर्षीय सन्तोष भुषाल, उनकी श्रीमती ३३ वर्षीया सबिना भुषाल, भारत घर भइ हाल पोखरा-९ मा किरान पसल गरी बस्ने ३६ वर्षीय राजकुमार साहकाे मृत्यु भएकाे छ ।
बस चालक मकवानपुर हेटौडा-९ बस्ने बर्ष ४४ को सुर्य बिक्रम बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।तस्विर नेपाल टेलिभिजन

