कास्की । सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार जिल्ला सरकारी वकिलकाे कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
५१ जनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत छन् । प्रहरीले उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय प्रहरीको छ ।
सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ । ५१ मध्ये जीबी राईलगायत ३७ जना फरार रहेका छन् । रायसहितको अनुसन्धान प्रतिवेदन ६ सय पृष्ठ लामो छ ।
जोशीलाई असोज ६ मा प्रहरीले पक्राउ गरेको थियो भने लामिछानेलाई कात्तिकमा २ पक्राउ गरिएको थियो । अब ४ दिनभित्र अदालतले अभियोगपत्र अदालतमा बुझाउनुपर्छ । त्यसपछि भथुनछेक बहस सुरु हुन्छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि ९० दिनसम्म मात्र थुनामा राख्न पाइन्छ ।

