काठमाडाैं । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक सर्बसम्मत रूपमा पारित गरेको सभापति रामहरी खतिवडाले जानकारी दिए ।
समितिले नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
समितिबाट विधेयक पारित भएसँगै अब भ्रष्टाचार निवारण ऐन प्रतिनिधिसभामा पेश हुनेछ ।

