एमालेमा नेता घट्दै,सर्वेन्द्र खनालले किन छाडे पार्टी ?

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि

काठमाडाैं । एमाले नेता सर्वेन्द्र खनालले पार्टी छाडेका छन् ।आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले एमालेबाट निष्कृय भइसकेको जानकारी गराएका छन्।

उनले लेखेका छन्, ‘हजुरहरु मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु ।’

भ्रष्टाचार, बेतिथीको बारेमा निरन्तर आवाज उठाउँदै आएका खलान पछिल्लो समय पार्टीमा त्यति सक्रिय पनि देखिदैन थिए । नातावाद कृपावादलाई पार्टी नेतृत्वले प्रसय दिँदा खनाल जस्ता थुप्रै नेताहरुलाई एमालेमा टिकिरहन अप्ठयारो परिरहेको बताइन्छ ।

अहिले थुप्रै नेताहरु एमाले नेतृत्व विशेष गरी अध्यक्ष केपी ओलीको निरंकुश रवाफशैली प्रति असन्तुष्ट छन् । कारबाही र निष्कासनको डरले बोल्न सकिरहेका छैनन् भन्ने कुरा हालै निष्कासनमा परेका नेता भीम रावले सार्वजनिक रुपमै व्यक्त गरिसकेका छन् । ५१ वर्षसम्म निरन्तर पार्टीमा रहेका रावल नेतृत्वलाई टक्कर दिएकै भरमा निशानामा परेकाे बताउँछन् । एमाले विस्तारै नेता कार्यकता विहिन पार्टी बन्ने उनकाे ठाेकुवा छ ।
२६औं प्रहरी प्रमुखको नेतृत्व गरेका खनाल ३० वर्षे सेवा अवधिपछि नेकपा एमालेसँग जोडिदै औपचारिक २०७९ असोज ६ मा औपचारिक रुपममै पार्टी प्रवेश गरेका थिए ।