एजेन्सी ।विवादित सीमा क्षेत्र डोकलामको विषयलाई लिएर भारत र चीनबिचको तनाव थप बढेको छ । चीनले त्रिदेशीय सीमा क्षेत्र डोकलामबाट भारतीय सेना पछि हट्नु पर्ने बताउँदै आएको छ भने भारतले आफ्ना सेनालाई त्यहाँबाट हटाएको छैन । चीनले सैन्य कारवाहीका लागि दिनगन्ति नै सुरु भएको दाबी गरेको छ ।

भारतले चाँडै नै आफ्ना सेना डोकलामबाट फिर्ता नलगे सैन्य कारवाही सुरु हुने र यसलाई रोक्न नसकिने चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । यसैबिच भारतको रक्षा मन्त्रालयले पनि डोकलामको तनावका कारण आउन सक्ने अवस्थाको तयारीका लागि तत्काल थप बजेटको माग गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

