काठमाण्डौ,२० असोज । बामपन्थी ध्रुवीकरणका विरुद्दको रणनीति तय गर्न प्रमुख सत्तारुढ दल नेपाली कंग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा बाम गठबन्धनबाट पर्ने प्रभाव तथा लोकतान्त्रिक गठबन्धन निर्माणमा रहेका चुनौतिबारे छलफल भई रहेको छ ।
यस्तै मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनौटका मापदण्ड र विधिका बारेमा पनि छलफल हुने बताईएको छ । साथैस्थानीय तहमा उम्मेद्धार भएकालाई प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाउने कि नबनाउने भन्ने विषयमा पनि बैठकले टुंगो लगाउने छ। बैठकमा उम्मेदवार तय गर्दा गुटका आधारमा नभएर चुनाव जित्न सक्ने लोकप्रियलाई उम्मेद्धार बनाउनुपर्नेमा नेताहरुले जोड दिएका छन ।