चुनावी तालमेल तथा भावि रणनीति तय गर्न एमाले स्थायी कमिटिको बैठक धुम्वाराहीमा

arjun Others/अन्य , ८ वर्ष अगाडि

काठमाण्डौ,२१ असोज । माओवादी केन्द्र र नयाँ शक्ति नेपाल लगायतका बाम घटकसंग मोर्चा बन्दि गरेको नेकपा एमालेको स्थायी कमिटि बैठक अहिले बसिरहेको छ ।धुम्वाराही स्थित पार्टी कार्यालयमा जारी बैठकले चुनावी तालमेल तथा भावी रणनीति तय गर्न सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

आसन्न संघ र प्रदेश सभा निर्वाचनमा जाने र निर्वाचनपछि पार्टी एकीकरण गर्ने तयारीमा रहेको सो पार्टीले आजको बैठकमा स्थानीय तहबाट सिफारिस भएका उम्मेदवारका बिषयमा पनि छलफल हुने बताइएको छ ।