काठमाण्डौ,३१ असोज । निर्वाचन आयोगले तोकिएकै मितिमा चुनाव हुने भन्दै आशंका नगर्न आग्रह गरेको छ ।सरकारले चुनाव सार्ने तयारी गरिरहेका कारण आफुहरुले सत्ता नछाडेको भन्ने माओवादी केन्द्रका मन्त्रीहरूको दाबीलाई आयोगले अस्वीकार गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन सर्न सक्नेसम्बन्धी कुनै पनि सूचना आयोगले प्राप्त नगरेको बताए । उनले निर्वाचन सामग्री व्यवस्थापन, मतपत्र छपाइजस्ता कामलाई तीव्रता दिइएको भन्दै चुनाव सर्ने कल्पना समेत नगरेको बताए । सरकारले औपचारिक वा अनौपचारिक कुनै प्रकारले चुनाव सार्ने विषयमा आयोग सँग परामर्श नगरेको समेत स्पष्ट पारेको छ ।

