एएफसी यू १९ क्वालिफायर: नेपाल कीर्गिस्तानसँग २-० ले पराजित

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाडौं,१४ कात्तिक । एएफसी यू १९ च्याम्पियनसिप क्वालिफायरको पहिलो खेलमा नेपाल पराजित भएको छ। समूह ए को पहिलो खेलमा नेपाल मंगलबार आयोजक कीर्गिस्तानसँग २ ० ले पराजित भएको हो।कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा भएको खेलमा घरेलु टोलीका लागि बोरुबाएभ गुल्जिगिटी र शुकुरोभ अलीमार्दोभले गोल गरे।

खेलको २२औँ मिनेटमा बोरुबाएभले गोल गर्दै कीर्गिस्तानलाई अग्रता दिलाएका थिए। निर्धारित समयसम्म १ ० ले पछि परेको नेपालले इन्जुरी समयमा दोस्रो गोल खाएको थियो।गत महिना भुटानमा साफ यू १८ च्याम्पियनसिप जितेको नेपाली यू १९ टोली उच्च मनोबलका साथ कीर्गिस्तान पुगेपनि पहिलो खेलमै पराजित भएपछि अन्तिम चरणमा छनवट हुने लक्ष्यमा धक्का लागेको छ। नेपालले क्वालिफायरको दोस्रो खेलमा आगामी बिहिबार बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।