काठमाडौं ,१४ माघ । पार्टी एकता र प्रदेश सरकार गठनबारे छलफल गर्न बामगठवन्धनद्वारा गठित कार्यदलको बैठक आज बस्दैछ । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा अपरान्ह ३ वजे बस्ने बैठकमा प्रदेश सरकार गठन र पार्टी एकता प्रक्रियाबारे छलफल हुने कार्यदलका एक सदस्यले बताएका छन । आजको बैठकमा एकता प्रक्रियासँगै प्रदेश सरकार गठनबारे छलफल हुने कार्यदल सदस्य एवं एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले ६ वटा प्रदेशमा एउटा दलले मुख्य मन्त्री पाए अर्को दलले सभामुख पाउने गरि प्रस्ताव गरेको छ । एद्यपी सो विषयमा ठोस छलफल नभएको एमाले नेताहरुले बताएका छन् । कार्यदलमा एमालेबाट नेता सुभाष नेम्वाङ सहित सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य हुनुहुन्छ भने माओवादी केन्द्रबाट रामवहादुर थापा, वर्षमान पुन र मात्रिका यादव सहभागी हुनुहुन्छ ।