एमाले अध्यक्ष ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुँदै

arjun Others/अन्य , ८ वर्ष अगाडि

काठमाण्डौ,३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । संभवत आजै सपथ ग्रहण हुन सक्ने बताइएको छ ।अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दावी पेश गर्न एमाले र माओबादीका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिको लागि राष्ट्रपति समक्ष संयुक्त दावि पेश गर्दैछन् । दावी पत्र पेश भइसकेपछि ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने छन् ।पार्टी एकता सयोजन समितिको हिजोको बैठकले आज ओलीको नेतृत्वमा सरकार गठनका लागि रास्ट्रपति समक्ष दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो ।