काठमाण्डौ,१४ फागुन । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको छनोट तालिका सार्वजनिक गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको छनोट तालिका आनुसार खेलमा ६१ देश सहभागी हुनेछन् ।पहिलो चरणको १२ क्षेत्रको छनोटबाट २५ टिम दोस्रो चरणको छनोटका लागि छानिनेछन । दोस्रो चरणको छनोट पाँच क्षेत्रमा संचालन हुनेछ । दोस्रो चरणको चरणबाट ७ टिम अन्तिम चरणको छनोटमा सहभागी हुनेछन । अन्तिम चरणको छनोटमा १३ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको छनोटबाट छानिएका ७ र यसअघि टी–२० विश्वकप खेलेका ६ टिम गरी १३ टिमले अन्तिम चरणको छनोट खेल्ने आइसिसीले जनाएको छ ।
अन्तिम चरणको छनोटबाट ६ टिमले विश्वकपमा सहभागिता जनाउनेछन । हाल टी–२० मान्यता रहेका १६ टिम मध्ये सन् २०१८ को डिसेम्बरमा शीर्ष १० वरीयता हुने टिम टी–२० विश्वकपमा स्वत छनोट हुनेछन् । शीर्ष १० भित्र नपर्ने ६ टिम अन्तिम चरणको छनोटमा धकेलिनेछन ।

