म्यान्मारमा भूकम्पबाट मन्दिर र विद्यालयमा क्षति

Bhim Thapa प्रदेश , ५ वर्ष अगाडि

याङ्गुन, १७ भदौ । म्यानमारमा आइतबार राति आएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण मन्दिर तथा विद्यालय भवनहरु भत्किएका छन् ।

देशको सागाङ क्षेत्रमा आएको भूकम्प धेरै ठूलो नभएकाले मानवीय क्षति भएको खबर नआएको सूचना तथा सार्वजनिक मन्त्रालयले सोमबार जनाएको छ । श्वेबो क्षेत्रमा केन्द्रविन्दु मानिएको उक्त भूकम्प ६ म्याग्नीच्युडको रहेको थियो ।

खिन यु सहरमा रहेका ३५ ओटा मन्दिर र ११ ओटा शिशु, आठ ओटा विद्यालय, एउटा मस्जिद, गाउँ प्रशासन कार्यालय र पाँच ओटा स्थानीय बासिन्दाका घर भत्किएको अधिकारीहरुले जनाएका छन् । मन्डलाय क्षेत्रको मन्डलाय र प्यीन, ओ लवीनलगायतका सहर, सागाङ क्षेत्रको मोन्यवा र चाउङ ओ सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । ती क्षेत्रमा पटकपटक परकम्प पनि महुसस गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।