नाडेज्दा कप: फाइनलमा नेपाल उज्बेकिस्तानसँग पराजित

Bhim Thapa Sports/खेलकुद , ५ वर्ष अगाडि

काठमाडाैं,२७ भदाै । किर्गिस्तानमा सम्पन्न नाडेज्दा कपको फाइनलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ। बिहीबार भएको फाइनल खेलमा नेपालले उज्बेकिस्तानसँग ३–२ गोलअन्तरले पराजित भएको हो। फाइनलमा नेपालका लागि दुबै गोल साबित्रा भण्डारीले गरेकी थिइन्।

पहिलो हाफ १– ० ले पछि परेको नेपालले हाफ टाइम पछि २ गोल खाएको थियो भने २ गोल गरेको थियो। नेपाल समूह चरणमा पनि उज्बेकिस्तानसँगै पराजित भएको थियो। ६७ औं मिनेटमा पहिलो गोल गरेकी साबित्राले दोस्रो गोल खेलको ९० औं मिनेटमा गरेकी थिइन्।  उज्बेकिस्तान फिफा बरियतामा ४४ औं स्थानमा छ भने नेपाल १०१ स्थानमा छ।

उज्बेकिस्तानले फाइनलमा पनि नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै नाडेज्दा कपको उपाधि हात पारेको हो।