ओलम्पिक कमिटीकाे अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

Bhim Thapa Sports/खेलकुद , September 14th, 2019

काठमाडाैं,२८ भदाै । नेपाल ओलम्पिक कमिटि (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा शनिबार भएको विशेष साधारणसभाबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । चार वर्षे कार्यकालको लागि भएको निर्वाचनमा जीवनरामले अध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठलाई ७ भोटले पराजित गर्नुभयो ।

कुल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत प्राप्त गर्नुभयो । उमेशलालले १० मत प्राप्त गर्नुभयो । यस्तै एनओसीको उपाध्यक्षमा ज्योति राणा, तेज बहादुर गुरुङ , अशोक राज बज्राचार्य , सुनिल श्रेष्ठ र चतुरानन्द बैद्य विजयी हुनुभयो । महासचिवमा निलेन्द्र राज श्रेष्ठ निर्वाचित हुनुभयो । श्रेष्ठले १५ मत ल्याएर विजयी प्राप्त गर्नुभयो । श्रेष्ठले पुरेन्द्र बिक्रम लाखेलाई ३ मतले पछि पार्नुभएको हो । लाखेले १२ मत ल्याउनुभयो ।सचिवमा रामजी श्रेष्ठ, दिपक हर्ष वज्राचार्य र तुलसी थापा निर्वाचित हुनुभयो ।

उप महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टन्डन यसअघि नै निर्विरोध हुनुभएको थियो । सदस्यमा रमेश प्रसाद सिवाकोटी (२६), राम अवाले (२०), प्रकाश शमशेर राणा (२६), गोपाल सुन्दर लाल कक्षपति (२६), टाँसी घले (२४), होम बहादुर दोङ (२५) र दिर्ग बहादुर केसी (२६) मत प्राप्त गर्दै निर्वाचित हुनुभयो ।

  • साेविता सिंखडाकाे उपन्यास वराङ्गना बजारमा उपलब्ध छ

  • अवस्य Subscribe गराै र नयाँ नयाँ Video काे मज्जा लिनुहाेस

  • फरक प्रकारका भिडियाेहरूकाे लागी Round Chilli PLZ Subscribe