बंगलादेशको रोहिंगा शरणार्थी क्याम्पमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

Bhim Thapa English News , March 24th, 2021

बंगलादेशको कक्सबजारस्थित रोहिंगा शरणार्थी क्याम्पमा सोमबार भएको भीषण आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
त्यस्तै आगलागीमा परी ४ सयभन्दा बढी हराइरहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग(यूएनएचसीआर)ले जनाएको छ । त्यस्तै आगलागीबाट झन्डै ५० हजार शरणार्थी विस्थापित भएको पनि आयोगले जनाएको छ । यूएनएचसीआरका जोहानेस भानडेर क्लाउले भने, ‘भीषण आगलागी भएको छ, अझै पनि ४ सय जना हराइरहेका छन् ।’
बंगलादेशी अधिकारीहरुले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको बताएका छन् । आगाले शरणार्थी क्याम्पमा रहेका करिब १० हजार टहरा नष्ट गरेको यूएनएचसीआरले जनाएको छ ।