आपूर्ति मन्त्री हमालले राजीनामा दिए

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडाैं,२४ असाेज । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले तीन दिनमै राजीनामा दिएका छन्।
चौतर्फी विवाद भएपछि आपूर्तिमन्त्री हमालले पदबाट राजीनामा दिएका हुन्। उनले आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका छन्। मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै
आम सर्वसाधारणले मात्र होइन सत्तारुढ दलभित्रै विरोध भएको थियो ।विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए ।हमाल असोज २२ गते आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए ।