कतारमा ट्राफिक नियम परिबर्तन , रातोबत्तिमा नरोकिए न्यूनतम ३ लाख २० हजार रुपयाँ जरिवाना र १ महिना जेल सजाएँ हुने

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , न्युज बैंक बिषेश , प्रवास , २ वर्ष अगाडि

दोहा, १६ मँसिर । कतार सरकारले त्यहाँको ट्राफिक नियम सँसोधन गरेको छ । सँसोधित नियम अनुसार अब चालकले रातोबत्ति क्रस गरेमा न्यूनतम १० हजार रियाल अर्थात करिब ३ लाख २० हजार रुपयाँ जरिवाना तथा १ महिना अनिवार्य जेल बस्नुपर्ने हुन्छ । यस अधि उक्त गल्तीमा ५ हजार रियाल जरिवाना तोकिएको थियो भने जेल सजाएँ थिएन । त्यस्तै गलत दिसाबाट ओभरटेक गरेमा ५ हजार रियाल जरिवाना तथा १ महिना जेल अनिवार्य गरेको छ ।

कतारमा सवारी चालक पेसामा नेपालीहरु उल्लेख्य सँख्यामा हुनुहुन्छ भने कतिपयको आफ्नै पनि सवारी साधन छ, सवारीसाधन सानो असाबधानीले बर्षदिनको कमाई क्षण भरमै सकिन सक्छ । त्यसैले साबधानी पुर्बक सवारी साधन चलाउनु हुन कतारमा रहेका नेपालीहरुमा आग्रह गर्दछौ ।


कतार प्रहरीका अनुसार ११ बर्ष भन्दा कम उमेरका ब्यक्तिलाई कारको अगाडीको सिटमा बसाएमा २ हजार रियाल जरिवाना तोकेको छ जुन यसअघि ५ सय रियाल थियो । ड्राइभिङ गर्दा मोबाइलमा कुरा गरेमा पनि २ हजार रियाल फाइन तोकेको छ यस उक्त लापर्वाहीको जरिवाना ८ सय रियाल थियो । त्यस्तै गाडीमा ठुलो आवाजमा म्यूजिक बजाएमा ५ हजार रियाल जरिवाना निर्धारण गरेको छ भने सिटबेल्ट नबाँधेमा २ हजार रियाल जरिवाना तोकेको छ । एकतर्फि बाटोमा गाडी चलाएमा ५ हजार रियाल अनि गाडी भित्र चुरोट पिएमा २ हजार रियाल जरिवाना तोकेको छ । यसैगरी तोकिए भन्दा बढी स्पिडमा गाडी चलाएमा १ हजार ६ सय रियाल जरिवाना तोकेको छ जुन जरिवाना यसअघि ८ सय रियाल थियो ।