भारतीय फुटबल महासंघ निलम्बनमा

NewsBankNepal Sports/खेलकुद , २ वर्ष अगाडि

काठमाडाैं ।विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको छ ।विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएसँगै छैटाैं संस्करणकाे साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएकाे छ ।

महिला साफ भदाै २९ देखि असाेज ३ सम्म काठमाडौंमा हुँदैछ ।भारतीय फुटबल महासंघमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो ।फिफाले दुई महिनाअघि मात्रै पाकिस्तानमाथिकाे प्रतिबन्ध फुकुवा गरेकाे थियाे ।

सन् २०१० देखि सुरु भएकाे साफ महिला च्याम्पियनसिप अहिलेसम्म भारतबाहेक अन्य देशले जित्न सकेका छैनन् ।चारपल्ट फाइनलमा पुगेकाे नेपाल भारतसँगै पराजित भएकाे थियाे ।