जबरा सरकारी निवास बालुवाटारमा ‘नजरबन्द’काे अवस्थामा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ हप्ता अगाडि

काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवास बाहिर निस्कन रोकेपछि मानव अधिकार आयोगले सर्वोच्च अदालत र जबराको निवास बालुवाटारमा आफ्ना प्रतिनिधि पठाएको छ । 

जबराले आफूमाथि महाभियोग लगाउने संसद् नै कामय नरहेको अवस्थामा पदमा फर्किनका लागि योग्य भएको भन्दै आइतबार सर्वोच्च छिर्ने तयारी गरेपछि जबरालाई सर्वोच्च छिर्न रोक लगाउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।उनकाे निवासमा सुरक्षाकर्मी तैनाथी बढाउँदै त्यहाँ आउने जानेकाे विवरण संकलन गरिएकाे छ ।

जबरा निवासबाट बाहिरिने गाडीहरुलाई प्रहरीले चेकिङ गरेर मात्र बाहिर पठाएको छ । जबराले आफूलाई सरकारले ‘नजरबन्द’ गरेको भन्दै प्रतिक्रिया जनाएपछि आयोगको टोली अवस्था बुझ्न जबरा निवास गएको हो ।

 आयोगका सहसचिव टिकाराम पोखरेल र दीपकध्वजजंग कार्कीसहितको टोली पुगेको हो । सरकारले उनी अहिलेसम्म पनि निलम्बित अवस्थामा नै रहेको जनाएकाे छ ।महाभियोग सिफारिस समितिले जबरालाई महाभियोग लगाउन योग्य रहेको प्रतिवेदन शनिबार संसद्लाई बुझाएको थियो ।