प्रचण्डले भने, ‘म अहिले प्रधानमन्त्रीकाे दाैडमा छैन’

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ महिना अगाडि

काठमाडाैं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

प्रेस सेन्टर चितवनले भरतपुरमा सोमबार आयोजना गरेको दशैँ तिहार लगायतका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले केही वर्षदेखि नै प्रधानमन्त्रीको दौडमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता बनाएर अगाडि बढेको बताए ।

‘‘मङ्सिर ४ मा चुनाव आउँदैछ, यहाँ प्रधानमन्त्रीको कुरा पनि आएको छ म प्रधानमन्त्रीको दौडमा छैन सबैलाई जानकारी गराउँदछु,’’ उनले भने ।राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको उनले बताए ।

उनले भने, ‘‘मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर आएको थियो ।निर्वाचननमा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेको र जनताको चाहना नै सबैभन्दा ठूलो बताए । व्यवस्था उल्ट्याउने खतरा बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।