सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , २ वर्ष अगाडि

काठमाडाैं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले यही असोज २० गते नेपाल फर्किदै छन् । लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै उनले नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् ।

उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गर्दै आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि  गरेका छन् ।

‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् ।

केही समय सम्पर्कविहीन भएका लामिछानेले  आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताए ।उजुरी दर्ता भएयता लामिछाने प्रहरीको फरार सूचीमा दर्ज भएका छन् ।