सरकार नै बन्न नसकेर फेरि निर्वाचन हुनसक्ने अवस्था आउन सक्छ:ओली

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नै बन्न नसकेर फेरि निर्वाचन हुनसक्ने अवस्था रहेको आशङ्का व्यक्त गरेका छन् ।

तत्काल पुनः निर्वाचन नहोस् भन्ने पक्षमा आफू रहेकाे भए पनि कसैकाे स्पष्ट बहुमत नपुग्ने हुँदा सरकार नै बन्न नसकेर फेरि निर्वाचन हुनसक्ने अवस्था आउन सक्ने आशङ्का गरेका हुन्।  झापामा विजय र्यालीमा सहभागि पश्चात बाेल्दै ओलीले त्यस्तो स्थिति नआओस् भनेर एमालेले कोशिस गर्ने बताए ।

सरकार निर्माण गर्नेबारे जिम्मेवारपूर्वक र सोचविचार गरेर निर्णय गर्ने बताएका छन्। आफूहरु सरकार बनाउनेभन्दा पनि अस्थिरतालाई न्यूनीकरण गर्नेतर्फ केन्द्रित हुने उनले बताए।

सरकार बन्यो भने पनि अस्थिरता र सङ्कीर्ण स्वार्थका खेलमा देश नरुमलियोस् भन्नेमा पनि एमालेको ध्यान छ, ओलीको भनाइ छ । उनले लेनदेन तथा सट्टेबाजीमा लागेर सरकार बनाउने खेलमा नलाग्ने बताए ।ओलीले जनताको भ्रम र अन्योलका कारण अहिलेको निर्वाचनको परिणाम अनपेक्षित आएको बताए।

कसै न कसैले संयुक्त सरकार बनाउनैपर्ने भए पनि आफूहरु धेरै उत्साहित भएर नलाग्ने ओलीको भनाइ थियो । देशलाई असफल बनाउने प्रयास र खेलहरु भइरहेको भन्दै ओलीले त्यसलाई निस्तेज पार्ने विषयमा केन्द्रित हुने पनि बताए। राष्ट्रिय राजनीति भाँडिएकोे भन्दै ओलीले मुलुकमा अस्थिरता नआओस् भनेर आफूहरु सचेत रहेको बताए। झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओली तीनदिनदेखि गृह जिल्ला झापामा विजय उत्सव तथा ¥यालीमा सहभागी रहँदै आएका छन् ।