दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ महिना अगाडि

काठमाडाैं । गण्डकी प्रदेशसभाका लागि मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेका छन् ।

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज आफ्नै निवास कोटेश्वरमा प्रदेशसभा सदस्य गुरुङलाई पार्टी प्रवेश गरेका हुन्। उनले आफ्नो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार नेकपा(एकीकृत समाजवादी)सँग मिल्ने भएकाले सो पार्टी प्रवेश गरेको बताए ।

  उनले राजनीति कमाउनको लागि होइन सेवा भावले निस्वार्थ रुपमा जनताप्रति समर्पित भएर गरिनेकार्य भएको उल्लेख गर्दै भनेका छन्, “यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता र हाम्रो दायित्व हो ।”   प्रदेशसभा सदस्य गुरुङले परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको सङ्गठनमा आबद्ध भई त्यसका नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निष्कर्षमा आफू पुगेको उल्लेख गरे ।