काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मङ्सिर २९ गते बिहीबार पेश गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित सदस्यहरूको विवरण मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको बताउनु भयाे ।
आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट सङ्ख्या उनीहरूलाई पठाइसकेको छ । आजसम्म सच्याएर आयोगमा पेश गर्न समय तोकेको छ । दलहरूले विवरण बुझाएपछि आयोगले सबै विवरण तयारी कानुन अनुसार निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ ।
प्रमुख आयुक्त थपलियाका अनुसार, आयोगले समानुपातिकतर्फको सदस्यहरू निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले भोलि (मङ्गलबार) पत्रकार सम्मेलनको आयोजना गर्दैछ । आयोगले राष्ट्रपतिसमक्ष निर्वाचित सदस्यहरूको विवरण पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने र नयाँ सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ ।
प्रतिनिधिसभाको नतिजा मंसिर २९ गते राष्ट्रपतिसमक्ष पेश गर्ने आयोगकाे तयारीदेशका सातवटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिबार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गरिनेछ । त्यसको लगत्तै आयोगले पत्रकार सम्मेलन गरेर त्यसको जानकारी पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

