राष्ट्रपतिकाे विषयमा प्रधानमन्त्रीकाे सहमतिमै जाेड

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपतिकाे विषयमा कांग्रेससँग पनि सहमति गरेर अगाडि बढ्नुपर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले आफ्नाे धारणा कायमै राखेका छन् ।

प्रधानमन्त्रीकाे अडानप्रति अध्यक्ष  ओली भने सशंकित छन् । त्यसाे त गृहमन्त्रीकाे विषयमा पनि प्रधानमन्त्रीले हाललाई कसैलाई पनि नदिने भनी स्पष्ट गरेकाे स्राेतले जनाएकाे छ ।राषट्रपतिकाे निर्वाचन जति नजिकिँदै छ सत्ता गठबन्धनभित्र पनि विवाद झाँगिदै गएकाे छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जति सक्दा चाँडाे गठबन्धन टुटाउन चाहन्छ । आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

आजै प्रधानमन्त्री दाहालसँग प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भेटवार्ता गरे। भेटमा उनीहरुबीच बधाई आदानप्रदानका साथै प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।