टर्कीमा शत्तिशाली भूकम्पमा परी २५० भन्दा बढीको मृत्यु,धेरै घरहरूमा क्षति

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , प्रवास , १ वर्ष अगाडि

टर्की र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म २५० भन्दा बढीको मृत्यु भएकाे छ।उक्त भूकम्पका कारण धेरै घरहरू भत्किएका विवरण आएका छन्।

टर्कीको मलाट्यामा मात्रै ७६ जनाको निधन भएको र ४४० भन्दा बढी घाइते भएको जनाएको छ। योसँगै सिरियामा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । ५ सयभन्दा बढी घाइते भएको बताइएको छ ।युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पका कारण धेरै मानवीय क्षति हुने सम्भावना रहेको छ ।

यसैबीच, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले ट्वीटरमा भनेका छन् कि भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै खोजी र उद्धार टोलीहरू पठाइएको छ। हामी आशावादी छौं कि हामी सबै मिलेर यो विपत्तिलाई छिट्टै र कम से कम क्षतिको साथ जित्नेछौं।