पत्रकारबारे दिएकाे अभिव्यक्ति सभामुख घिमिरेले फिर्ता लिए

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडाैं – सभामुख देवराज घिमिरेले केहीदिन अघि पत्रकार बिक्री भनि दिएकाे अभिव्यक्ति फिर्ता लिएका छन् । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग साेमबार दोस्रोपटक भेटेका उनले विवादित अभिव्यक्ति फिर्ता लिएका हुन् ।

भेटमा सहभागी महासंघका महासचिव रोसन पुरीले आजको कुराकानीका क्रममा सभामुखले यसअघिको अभिव्यक्ति फिर्ता लिएको बताए । नेपाली प्रेसले नेपालको लोकतन्त्रका लागि खेलेको भूमिकाप्रति सम्मान पनि जनाए ।

साे भेटमा महासंघकाे प्रतिनिधि मण्डलले या त अभिव्यक्ति पुष्टि गर्नुपर्ने या फिर्ता लिनुपर्ने माग गरेको थियो । उनले आजको वार्तालापपछि यो विवादलाई यहीँ अन्त्य गर्न आग्रह गरेको थियो भने यसमा महासंघ पदाधिकारीले पनि सहमति जनाएका छन् ।

गत शुक्रबार नवनिर्वाचित सभामुखलाई बधाइ दिन पुगेको महासंघको एक प्रतिनिधिमण्डलसँग सभामुखले नेपाली पत्रकारहरु पैसामा बिक्ने गरेको दाबी गरेका थिए ।