‘कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव गरेको छैन’

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ महिना अगाडि

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव आफूले नराखेको प्रस्ट पारेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले
भारतीय कब्जामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको भूमि बंगलादेश जाने बाटोसँग साट्न सकिने कुरा केही बुद्धिजीवीहरूले राखेको कुरा आफूले उल्लेख गरेको तर त्यस्तो प्रस्ताव आफूले नराखेको बताए ।

उक्त भूमि नेपालको हो भन्ने स्थापित गर्नका लागि आफू लागेको समेत प्रधानमन्त्री दाहालले बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल र भारतबीचको सीमा विवाद समाधान गर्नुपर्छ भनेर सार्वजनिक रूपमा अभिव्यक्ति दिएकोप्रति खुसी हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।