निर्वाचन आयोगले दियो अशाेक राई नेतृत्वको जसपालाई दलको मान्यता

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ हप्ता अगाडि

काठमाडाैं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई नयाँ दल दर्ताको प्रमाण पत्र दिएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटेर बनेको दललाई आयोगले साेमबार दल दर्ताको प्रमाण पत्र दिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगम दल दर्ता गर्ने  गरी उक्त प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएकाे छ ।

दलको केन्द्रीय कार्यालयको ठेगाना काठमाडौँ राखिएको जसपाको राजनीतिक दल दर्ता नम्बर १९८ रहेको छ । उपेन्द्र यादव नेतृत्वको दलको नाम जनता समाजवादी पार्टी नेपाल छ ।