कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका खच्चडको उद्धार ,२ को मृत्यु

NewsBankNepal 1xslots-online.com#log-in# , Banner Headline with Image , MainNews/प्रमुख समाचार , ४ महिना अगाडि

दैलेख । कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका १२ खच्चडको उद्धार गरिएको छ । झोलुंगे पुलको जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसाले उद्धार गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुनिल दाहालले एउटा खच्चडको पुलमै मृत्यु भएको र अर्कोको कर्णाली नदीमा खसाल्ने क्रममा मृत्यु भएको बताए ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीका साथै स्थानीयले जालीमा अड्किएका खच्चडलाई जाली काटेर कर्णाली नदीमा खसालेका थिए ।आइतबार बिहान साढे ९ बजेतिर व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए । झोलुंगे पुलको एकातर्फका दुइटा लठ्ठा चुँडिदा १४ खच्चड जालीमा फसेका थिए ।