सिमित आम्दानी र असिमित आबश्यकताले देशमा भ्रष्टाचार मौलायो

Dipak Pudasaini Business/अर्थ ब्यापार , Politics/राजनीति , बिचार , ५ महिना अगाडि

गोबिन्द कुँइकेल

भ्रष्ट आचरण जहाँ हुन्छ त्यहाँ भ्रष्टाचार हुन्छ । भ्रष्ट आचरण भन्नाले दैबिक दृष्टीले, सामाजिक दृष्टिले, मानबिय दृष्टिले, आर्थिक दृष्टिले, नितीगत दृष्टिले र चारित्रिक दृष्टिले यो गर्न हुन्न भन्ने आचरण हो । यो आर्थिक, नैतिक र चारित्रीक सबै आचरण पनि हुन सक्छ । साधारणतया हामीले आर्थिक रुपमा भएको भ्रष्ट आचरणलाई मात्र भ्रष्टाचार भन्ने बुझेका छौ । यो नीतिगत,चारित्रीक,नैतिक,आर्थिक सबै प्रकारको हुन सक्छ । जब कसैले गरेको कामबाट राज्यलाई हानी नोक्सानी हुन्छ त्यसलाई भ्रष्टाचार मानिन्छ । त्यसको भोलुम ठूलो या सानो जुनसुकै पनि हुन सक्छ । नेपालमा यस्तो कार्यलाई नियमन गर्ने निकायमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, केन्द्रिय अनुसन्धान ब्यूरो लगायतका संस्थाहरु अहोरात्र खटिई रहेका छन । तर पनि भ्रष्टाचार घटनूको साटो मौलाउदो रुपमा बढी रहेको पाईन्छ ।



लेखकगोबिन्द कुँइकेल

मान्छे किन भ्रष्ट हुन्छ भन्ने बिषयमा राम्रो संग मसिनो ढंगले बिष्लेषण गर्नुपर्ने जरुरी भएको छ । जब मान्छेका आबश्यकता असिमीत हुन्छन अनि उ भ्रष्टाचारमा लिप्त हुन्छ । हिजो मानिसको पहिलो आबश्यकता गाँसबास कपासको थियो भने अब आज आएर देखासिकीले होला उसलाई आफ्नो आश्यकता महंगा कार र बंगलामा पुगेका छन । समाज शास्त्र भन्छ अनियमितता कि दबाबमा हुन्छ कि प्रभाबमा परेर हुन्छ । हामी प्रभाबमा परेका भ्रष्टाचारलाई मात्र बुझिरहेका छौ । कुनै कुनै अनियमित काम दबाबमा अनि अन्जानमा पनि हुन्छ कुनै प्रभाबमा परी नियतबस पनि हुन्छ यसलाई राम्रो संग केलाउनु जरुरी छ । झन कर्मचारी तन्त्रमा त नियुक्ती बुझेकै दिन काठमाण्डौमा घर घडेरी र कारको सपना देख्ने साथीहरु प्रसस्तै पाईन्छ । यसरी नै कर्मचारीको मनोबल बढ्दै जाने हो भने यसमा झनै बृद्दोतरी आई बिकराल रुप लिन सक्छ । बास्तबमा भ्रष्टाचार कार्यालयमा नभै समुदायमा फैलिएको देखिन्छ । जहाँ मध्यस्तकर्ताको भूमिका अहँम भएको पाईन्छ । पैसा बिना कुनै काम नै हुदैन भन्ने मानसिकताले समाज जकडिएको छ । लेनदेन सेबाग्राही र बिचको मान्छे बिच हुने र कर्मचारी तन्त्र मुछिने परिपाटीको बिकाश भै सकेको छ । अख्तियारले आजभोली कर्मचारी र बिचौलिया समेत दुबैलाई समातेको उदाहरण यथेष्ट पाईन्छ । कानूनले गर्न हुन्न भनेको काम एक जनाले हुन्न भनेर नगर्ने तर त्यही काम पैसाको लेनदेन गरि अर्कोले गरीदिदा कर्मचारी संगको बिश्वसनियतामा पनि दरार आएको छ । कसैले एक लाख घुस लिएर तीस हजार कर्मचारीलाई दिएको भन्ने कुरा पनि नआएका हैनन । तर तीस हजार खाने कर्चारी घुस्याहा र सत्तरी हजार खाने बिचौलिया ईमान्दर देखिने परिपाटीको बिकास भएको छ । यदी कर्मचारी सच्चीई ईमान्दारीताको साथ लेनदेन नगरिदिने हो भने न बिचौलियाको रजगज बढ्छ न आफू बदनाम भईन्छ । सेबाग्राही सिधै कर्मचारी छेउ पुग्दैन बिचौलियाको भाषा नै कर्मचारीको भाषा सम्झन्छ । अनि अर्को कुरा कर्मचारीलाई दबाब र प्रभाब बाट मुक्त राख्न सकियो भने पनि समाजमा भ्रष्ठाचार मौलाउन पाउदैन । राज्यले बिचौलिया बाट हुने काम कर्मचारीबाट नै गराउने निश्चित रकम तोकिदियर केही प्रोत्साहन स्वरुप थोरै अंश कार्य सम्पादन गरे बापत कर्मचारीलाई नै कानूनी रुपमै दिने र ठूलो अंश राजश्व खातामा जम्मा गरिदिने हो भने राजश्व बढ्नुको साथै काममा पनि छिटो छरितो हुन सक्छ । गलत मनसाय राख्ने कर्मचारीलाई कडा भन्दा कडा रुपमा दण्डित गर्ने हो भने यसको अन्त्य हुने अबस्था अबश्य नै आउने देखिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोमामा समेत काम गरिसक्नु भएका लेखक कुँइकेल नापि अधिकृत हुनुहुन्छ ।