खतिवडा अभिनय सँगै लेखनमा सक्रिय, पहिलो कृति अकथ्य को घुम्टो खुल्यो

Dipak Pudasaini Business/अर्थ ब्यापार , Education , Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , साहित्य , साहित्य/ पुस्तक , ५ महिना अगाडि

काठमाण्डौ, २० फाल्गुन । दुई दशक अघि अभिनयमा सक्रिय कलाकार तथा निर्देशक प्रबीण खतिवडाले साहित्यमा नि पाइला हालेका छन । उनको पहिलो पाइला स्वरुप प्रकाशन भएको पहिलो कृति अकथ्यको हिजो घुम्टो खोलिएको छ ।

विश्लेषक सिके लाल, साहित्यकार एबँ कलाकार सगुना शाह, कलाकार सौगात मल्ल र लेखक खतिवडाले एक समारोहकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा अकथ्य कथा सँग्रहको लोकार्पण गरेका थिए।
पुस्तक विमोचन गर्दै विश्लेषक सिके लालले खतिवडाले आँसु, आवेग र परिवर्तनको चाहनाका कथा लेखेको र ति कथा पाठकलाई सोच्न र यथास्थितिमाथि प्रश्न गर्न बाध्य पार्ने खालको भएको टिप्पणी गरे। केन्द्रीय पात्रहरुलाई स्थापित गरेर नाटक र सिनेमाको उतारचढावयुक्त संरचनामा लेखिएका कथाहरु पुस्तकमा छन्,’ विश्लृेषक लालले भने, ‘सायद त्यहि भएर कथाहरुमा सहायक पात्र गौण छन्।’

यसैगरी साहित्यकार एवम् कलाकार सगुना शाहले प्रवीणका कथाहरु गम्भिर र गहन भएको टिप्पणी गरे। कलाकार सौगात मल्लले खतिवडासँग रंगमञ्चदेखि चलचित्रसम्म आफ्नो सहकार्य हुने गरेको चर्चा गरे। कथा लेख्ने, सृजनात्मक लेखन गर्ने कुरा त हामीबीच हुन्थ्यो। म लेख्ने काममा अलमल गरिरहेको थिएँ,’ मल्लले भने, ‘तर मेरो भाइले मलाई सृजनात्मक लेखनमा उछिन्यो।’

अभि सुवेदीद्वारा लिखित तथा सुनील पोखरेलद्वारा निर्देशित आरोहण गुरुकुलको चर्चित नाटक अग्निको कथा (२०६०) बाट रङ्गमञ्चको यात्रा आरम्भ गरेका
लेखक खतिवडा नेपाली रंगमञ्चका व्यस्त कलाकार र निर्देशक हुन्।

अग्निको कथा पछी खतिवडाले रशोमन, माक्र्स फर्किए, न्यायप्रेमी, घनचक्कर, पानी फोटो, बाघ भैरव जस्ता तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्। त्यस्तै ध्रुव, महादेवको बाजी, लखन पटवारी, हेड्डा ग्याब्लर, ऊ कसको, सरजमिन, मिमांशा, माक्र्स फर्किए, विमोक्ष आदि नाटकको निर्देशन समेत गरिसकेका छन्।

खतिवडाले नेपाली चलचित्रमा समेत अभिनय गर्दै आएका छन्। लुटबाट चलचित्र अभिनय यात्रा थालेका खतिवडाले लटु २, ढुवानी, विना कारण, कालो पोथी, जात्रा, रंगेली, महाजात्रा, मनसरा, उमा, द स्पोन्सर, मिस्टर झोले, खाग आदि चलचित्रहरूमा अभिनय गरेका छन्।
परिचय पब्लिकेशनले प्रालिले प्रकासन गरेको अकथ्यको आबरण शक्ति राईले बनाएका हुन । अकथ्य कथा सँग्रहमा ९ वटा कथा समेटिएका छन ।