कागेश्वरी मनोहरामा बिपद् ब्यबस्थापन पार्क बन्ने

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , Spiritual/अध्यात्म , प्रदेश , स्वास्थ्य , ७ महिना अगाडि

काठमाण्डौ, २७ पुस । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नँ ६ मुलपानीमा बिपद् ब्यबस्थापन पार्क बन्ने भएको छ । नेपाल रेडक्रस सासाइटी कागेश्वरी मनोहरा उपशाखाको २० औ साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख उपेन्द्र कार्कीले उक्त जानकारी दिनु भएको हो । हाम्रो नगर हामिले नै बनाउने हो भन्दै नगर प्रमुख कार्कीले बिपद ब्यबस्थापन पार्कमा बिपद्का लागी आबश्यक सामाग्रीहरुका साथै सुबिधा सँम्पन्न रेडक्रस भबन तथा रक्त सँचार केन्द्र रहने जानकारी दिनु भयो ।

नगर प्रमुख कार्कीका अनुसार हाललाई नगर अस्पताल मुलपानीमा रहने गरी रक्त सँचार केन्द्र स्थापनाको तयारी हुँदै गरेको र एक महिना भित्र ठेक्का प्रक्रियामा जाने प्रतिबद्धता जनाउनू भयो । यसैगरी नगर प्रमुख कार्कीले नगरपालिकाको नब निर्मित भबन थलीमा बिपद्का सामाग्री सहित रेडक्रसको डेस्क राखिने समेत घोषणा गर्नुभयो ।


रेडक्रसक जन्मदाता जाँहेनरी ड्युनाको तस्विरमा माल्यार्पण गर्दै बिशेष अतिथी एबँ नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्ला शाखाका सभापती श्यामकाजी डोटेलले कागेश्वरी मनोहरा उपशाखाको सक्रियता र मानबिय कार्यले रेडक्रसको कद बडेको बताउँदै नगर अस्पताल मुलपानीमा सन्चालनमा आउन लागेको रक्त सँचार केन्द्र लगायतका मानबिय कार्यमा नगरपालिका सँग सहकार्य गर्न तयार रहेको जानकारी दिनू भयो ।

उक्त अबसरमा अध्यक्ष डोटेलले कागेश्वरी मनोहरा नगरपालिकाकी उप प्रमुख शान्ता थापालाई नेपाल रेडक्रस सोसाइटीको आजिबन सदस्यताको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कोषाध्यक्ष शँकर प्रसाद पौडेलले आर्थिक प्रतिबदेन पेश गरेको साधारण सभामा उपशाखा सभापती बाशुदेब पौडेलले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।


७ सय २१ प्रिन्ट रगत सँकलन, १७ सय ५१ जनाको आँखा जाँच, ३ सय ८० जनालाई चस्म बितरण, १ सय २ जनाको मोतिबिन्दूको शल्यक्रिया, १ सय ५० जनाको अँगदान र १ सय २० जनाको आँखादान ।


सभापती पौडेलको प्रतिबेदन अनुसार उपशाखाले गतबर्ष माघ देखी हालसम्म बिभिन्न सँघ सँस्थाहरु सँग सहकार्य गरी १९ पटक रक्तदान कार्यक्रम आयोजना गरी ७ सय २१ प्रिन्ट रगत सँकलन गर्न सफल भएको छ । नेशनल ओपन स्काउट क्रयू सँगको सहकार्य तथा तिलगँगा आँखा प्रतिष्ठानको सहयोगमा १ हजार ७ सय ५१ जनाको आँखा जाँच गर्नुका साथै ३ सय ८० थान चस्मा बितरण तथा १ सय २ जनाको मोतिबिन्दुको शल्यक्रिया गराउन सफल भएको थियो ।

त्यसैगरी सहिद धर्मभक्त मानबअँग प्रत्यारोपण केन्द्र भक्तपुर सँगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की तथा उप प्रमुख शान्ता थापा सहित १ सय ५इ जनाले अँगदान तथा तिलगँगा आँखा प्रतिष्ठानको सँगको सहकार्यमा १ सय २० जनाले आँखा दानको घोषणा गरेको सभापती पौडेलले उल्लेख गर्नुभयो ।


चलन्टार आधारभुत बिधालयका ५ जना बिधार्थीलाई जेहेन्दार छात्रबृत्ती तथा कृष्ण्हरी मानन्धर स्मृती प्रशँशा पत्र प्रदान गरिएको साधारण सभामा नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्ला शाखाका सदस्य लक्ष्मी प्रसाद कुँइकेलले अब बन्ने रक्त सँचार केन्द्र अन्तराष्टिय स्तरको हुने बताउँदै रेडक्रसले रक्त सँचारका अतिरिक्त २९ क्षेत्रमा कार्य गरिरहेको जानकारी दिनुभयो । कुँइकेलले हरेक बिधालयमा महिला सहायता कक्ष बनाउन पहल गरिरहेको समेत जानकारी दिनु भयो ।
सभापती बासुदेब पौडेलको अध्यक्षतामा सँम्पन्न नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको २० औ साधारण सभामा नगर प्रमुख, उप प्रमुख, काठमाण्डौ जिल्ला शाखाका सभापती, मन्त्री, जिल्ला सदस्य, बिभिन्न वडाका अध्यक्ष, शैक्षिक, सहकारी, क्लब लगायत बिभिन्न सँघसँस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।