तपोबनमा ओशो अनुयायीको कुम्भमेला, नेपाल देखि भारतका कलाकारले धुम मच्चाए

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , Spiritual/अध्यात्म , न्युज बैंक बिषेश , प्रदेश , साहित्य , स्वास्थ्य , ३ महिना अगाडि

काठमाण्डौ, २९ चैत्र । नयाँ बर्षको पहिलो दिन बैशाख १ गते तपोबनमा ओशो अनुयायीहरुको कुम्भमेला नै लाग्याे ।

हरेक नयाँ बर्षको पहिलो दिन काठमाण्डौको टुँडिखेलमा आयोजना हुँदै आएको ओशो महेत्सब यस पटक ओशोे तपोबनमा लागेको हो । बिहानै देखि शुरु भएकाे तेस्रो ओशो महोत्सबमा योग, ध्यान, गित, संगित, नृत्य, प्रबचन तथा गुरुहरुबाट आर्शिबाचन समेत भएकाे थियाे ।

प्रबेश निशुल्क गरिएको कार्यक्रममा खानाका पारखिहरुका लागि फुड फेष्टिबल तथा अध्यनमा रुचि राख्नेहरुका लागि पुस्तक प्रदर्शनी समेत राखिएकाे थियाे । उपराष्ट्रपति राम सहाय यादबको प्रमुख आतिथ्यतामा भएकाे बिशेष कार्यक्रममा बलिउडका कलाकारहरु मनोज मिश्र तथा रितिका आनन्दका साथै चर्चित गायक द्वय सत्यराज र स्वरुपराज आचार्य तथा सुबिख्यात हाँस्य कलाकार मनोज गजुरेलको बिशेष प्रस्तुती रहेकाे थियाे ।