एनआरएनएको अध्यक्षमा ५ जना भिड्दै, अब एनआरएनमा ५ अध्यक्ष कि चुनाब ?

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , न्युज बैंक बिषेश , प्रवास , बिचार , १० महिना अगाडि

दिपक पुडासैनी
गैर आवासिय नेपाली सँघ –एनआरएनए) को ११ औ महाधिबेस आउन अब १ महिना बाँकी छ । आगामी असोज ३० गतेबाट शुरुभइ ३ दिन चल्ने महाधिबेसमा नेतृत्व हत्याउन यस पटक ५ जना अध्यक्षको प्रत्यासी रहने सँम्भाबना बढेको छ ।

अध्यक्षका प्रत्यासि आर के शर्मा


बर्तमान अध्यक्ष रबिना थापा र बद्रि केसी पुनः उम्मेद्धवारी दिने मनस्थितिमा रहेको बुझिएको छ, यधपी उनिहरुले औपचारीक घोषणा गरेका छैनन । तर बर्तमान उपाध्यक्ष द्धवय आरके शर्मा र महेश श्रेष्ठले भने औपचारीक रुपमै अफुलाई अध्यक्षको प्रत्यासी घोषणा गरिसकेका छन । अर्का प्रत्यासि बिनय अधिकारीले पनि अध्यक्ष पदको दाबी गरेपनि औपचारीक घोषणा भने गरेका छैनन ।

अध्यक्षका प्रत्यासि रबिना थापा


चुनाब प्रचारमा बिश्वका बिभिन्न देश चहारी रहेका आर.के. शर्माले गत शुक्रबार आफ्नो कर्मुभुमी कतारमा ५७ वटा सँस्थालाई साक्षी राखेर औपचारीक रुपमा आफू अध्यक्षको प्रत्यासि रहने घोषणा गरे । नेपाली महिला समाज कतारको अगुवाईमा ५७ वटा सँस्थाले सँयूक्त रुपमा आयोजना गरेको रमाइलो तिज कार्यक्रममा शर्माले आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन । यधपी उनले औपचारीक घोषणा अमेरीका क्षेत्रको भ्रमण पछी आगामी हप्ता गर्ने जानकारी गराएका छन ।
शुक्रबार नै जापानलाई कर्मथलो बनाएका उपाध्यक्ष महेश श्रेष्ठले हिमालय होटल ललितपुरबाट घोषणपत्र सहित आफ्नो उम्मेद्धवारी घोषणा गरेका छन ।

अध्यक्षका प्रत्यासि डा. बद्रि के.सी.


आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा श्रेष्ठले ५ बुँदे प्रतिबद्धता समेत अघि सारेका छन । जसमा ‘अबको कार्यभार एनआरएनएको हक, हित र अधिकार’, ‘जन्मभूमिका नेपालीलाई कर्मभूमिका नेपालीको साथ’, ‘संरचनागत सुधार र संस्थागत विकास’, ‘समुन्नत नेपालको संकल्प’ र ‘प्राथमिकतामा युवा महिला तथा दोस्रो पुस्ता रहने’ विषय उल्लेख छ ।
सो अवसरमा श्रेष्ठले विश्वभरका गैरआवासीय नेपाली समुदायसँगको घनीभूत छलफल, सुझाव र प्रेरणापछि ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ बनाउने प्रण गर्दै आगामी अक्टोबरमा काठमाडौँमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका थिए । उनले सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’ बनाउने आफ्नो प्रमुख उद्देश्य र प्राथमिकता रहने पनि बताए ।

अध्यक्षका प्रत्यासि महेश श्रेष्ट

एनआरएनएको आईसीसी सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गर्दा संघको आर्थिक पारदर्शिता र आर्थिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै श्रेष्ठले संघको एमआईएस सिस्टमलाई थप सुरक्षित तथा निर्वाचन प्रणालीलाई विश्वासयोग्य र विवादरहित बनाउन फेस भेरिफिकेसनलाई अनिवार्य बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे ।
आगामी कार्यकालमा अध्यक्षका रूपमा आफूले गर्ने कामलाई ५ नीतिगत प्राथमिकतामा विभाजन गरी ठोस कार्य योजना प्रस्तुत गरेको उनको भनाइ छ । उक्त नीतिगत प्राथमिकताको उद्देश्य हासिल गर्न ठोस कार्य योजना पनि श्रेष्ठले अघि सारेका छन । जसअनुसार नेपालमा वैदेशिक लगानी भित्राउन ठोस नीतिगत पहल गर्ने, ज्ञान, सीप तथा नवप्रवर्तन भित्राउन ठोस पहल गर्ने, पर्यटन विकासमा पहल गर्ने, गैरआवासीय नेपालीको समस्या समाधान गर्न निर्णायक पहल गर्ने विषय उल्लेख छ ।
यसबाहेक परिणाममुखी एनआरएनए बनाउने, सबैको साझा एनआरएनए बनाउन लागिपर्ने, दिगो र स्मार्ट एनआरएनए बनाउने, सरकारसँग सहकार्य गर्दै अघि बढ्ने, महिलाको सहभागिता बढाउने विषय उल्लेख छ ।
आफ्ना नीति योजना र कार्यक्रम कार्यान्वयनका लागि १० वर्षे विस्तृत भिजनरी दस्ताबेज बनाउन विशेषज्ञ सम्मिलित एक उच्चस्तरीय समिति गठन गर्ने पनि श्रेष्ठको भनाइ छ ।

अध्यक्षका प्रत्यासि बिनय अधिकारी


प्रतिनिधी बिबाद लगायत बिबिध कारणले १० औ अबिधेसन समयमा हुन सकेन, ६ महिना ढिलो गरी सम्पन्न भएको अबिधेसनमा पनि सहमती नजुटे पछी एकातिर घले समुहले छुट्टै महाधिबेसन गराए भने अर्कोतिर सँस्थापन पक्षले अध्यक्षका आकाँक्षी तिनै जनालाई हरेकको कार्यकारी अधिकार ६ महिना रहने सहमती सहित ३ जना अध्यक्ष राखेर महाधिबेसनको गाँठो फूकाएको थियो ।
११ औ अबिधेसनमा अध्यक्षका आकाँक्षीहरु ५ जना देखीएपछी एनआरएनका शुभ चिन्तकहरु भन्न थालेका छन – अधिलोमहाधिबेसनबाट ३ जना अध्यक्ष पाइयो अबको अबिधेसनबाट ५ जना अध्यक्ष पाइने हो कि क्याहो ?