प्रधानमन्त्री दाहालप्रति संसदको बिश्वास निरन्तर घट्दै

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , बिचार , ५ महिना अगाडि

काठमाण्डौ, ३० फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दहालले प्रधानमन्त्री नियुक्त भएपछी प्रतिनिधी सभाबाट तेस्रो पटक बिश्वासको मत लिनु भएको छ । २०७९ मँसिरमा सम्पन्न निर्बाचन पश्चात नेकपा एमाले, राष्टिय प्रजातन्त्र पार्टी तथा राष्टिय स्वतन्त्र पार्टी लगायतका दलहरु सँग गठबन्धन गरी २०७९ साल पुस २६ गते पहिलो पटक प्रतिनिधी सभाबाट बिश्वासको मत लिदा पक्षमा २ सय ६८ र बिपक्षमा २ मत मात्रै परेको थियो । अर्थात सिँगो सँसदले उहाँलाई बिश्वास गरेको थियो ।
राष्टपती लगायतको बिषमा बिबाद बढेपछी एमाले सरकारबाट बाहिरिए सँगै नेपाली काँग्रेस लगायतका दलहरु सँग गठबन्धन गरी सोहि बर्ष चैत्र ६ गते बिश्वासको मत लिदा प्रधानमन्त्री दहालको पक्षमा १ सय ७२ तथा बिपक्षमा ८९ मत परेको थियो । ९६ मत बिश्वासमा घटेको थियो भने ८७ मत अबिश्वासमा बढेको थियो ।
पुन ः काँग्रेस सँगको सहकार्य तोडेर एमाले लगायतका दलहरुसँग गठबन्धन गरेका प्रधानमन्त्री प्रचण्डले आज बिश्वासको मत लिदा भने पक्षमा केबल १५७ मत मात्रै पाएका छन भने बिपक्षमा ११० मत परेको छ ।
यसबाट के देख्निछ भने प्रधानमन्त्रीले सँसदबाट सँख्यात्मक रुपमा बिश्वासको मत पाएपनि बिश्वसनियता भने गुमाउँदै गएका छन ।