चीनमा भूकम्पबाट ९५ जनाकाे मृत्यु,नेपालमा सामान्य क्षति

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , प्रवास , १ महिना अगाडि

काठमाडाैं । तिब्बतको सिगात्से सहरमा मङ्गलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मर्नेकाे संख्या ९५ पुगेकाे छ भने १३० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।घाइतेहरूकाे खाेजी तथा उद्धार गर्ने कार्य जारी रहेकाे प्राप्त समाचारमा जनाएकाे छ ।

भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् ।डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

नेपालकाे उत्तरी सीमा क्षेत्रका जिल्लाहरूमा समेत भूकम्पले क्षति पुर्याएकाे हुन सक्ने हुँदा त्यहाँ क्षतिकोे विवरण सङ्कलन थालिएको साेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पको क्षतिको पु¥याएको अनुमान गरिएकाे छ । नेपालको राजधानी काठमाडौंसहित उत्तर भारतमा समेत भूकम्पको धक्का महसुस गरिएको थियाे ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतमा रहेको थियो जहाँ ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।