कास्की। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अब पुरानो शासन व्यवस्थामा कहिल्यै नफर्किने बताएका छन्।
अन्नपूर्ण गाउँपालिका–३ मा रहेको ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा प्रचण्डले लामो राजनीतिक संघर्ष र जनताको बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अब फर्कन नसक्ने दाबी गरे।
“यो व्यवस्थामा केही कमीकमजोरी छन्, तर तिनीहरूलाई सुधार गर्दै अघि बढ्नुपर्छ। जनतामा निराशा नआउने गरी राजनीतिक नेतृत्वले काम गर्नुपर्छ,” भनेर उनले भने।
प्रचण्डले आफू सधैं जनताको घरदैलोमा पुगेर समस्या बुझ्ने प्रयास गर्दै आएको पनि बताए। कालीगण्डकी करिडोर यथासक्य चाँडो सम्पन्न गर्न आफूले भरपूर प्रयास गरिरहेकाले त्यो योजनामा ढिलाइ हुन नदिने प्रतिवद्धता पनि उनले जनाए।
कार्यक्रममा उनले शिक्षा, विकास, र समावेशी लोकतन्त्रलाई अझ सुदृढ गर्दै सबैले मिलेर मुलुकलाई अगाडि बढाउनु पर्ने धारणा राखे।