बंगलादेशलाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

एजेन्सी – साविक विजेता भारत बंगलादेशलाई ९ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको सेमिफाइनल खेलमा रोहित शर्माले शतकीय पारी खेलेपछि भारतले जित हात पारेको थियो।

२ सय ६५ रनको लक्ष्य पछ्याएको भारतले ४०.१ ओभरमा जित हात पारेको थियो। ओपनरद्वय शिखर धवन र रोहित शर्माले भारतलाई ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। धवन ४६ रन बनाउदै पेभेलियन फर्केपछि कप्तान कोहली ब्याटिङमा आएका थिए। कोहली र रोहितले दोश्रो विकेटको लागि अविजित १ सय ७८ रनको साझेदारी गर्दै भारतलाई ९ विकेटको जित दिलाए। रोहितले १ सय २९ बलको सामना गर्दै १५ चौका र १ छक्काको मद्दतले १ सय २३ रन बनाएका थिए। कोहलीले १३ चौका प्रहार गर्दै ७८ बलमा ९६ रन जोडे।

यसअघि पहिलो ब्याटिङ गरेको बंगलादेशले २ सय ६४ रनको योगफल तयार पारेको थियो। भारतले उपाधिको लागि पाकिस्तानको सामना गर्नेछ। फाइनल खेल आइतबार नेपाली समयानुसार दिनको ३:१५ बजे सुरु हुनेछ।