पत्रकार महासङ्घको अधिवेशन सर्योे, भदौ ४ र ५ गते काठमाडौंमा हुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौँ, ८ असार । नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौमा हुने भएको छ ।आज बसेको सचिवालय बैठकले मुलुकको विद्यमान अवस्था र स्थानीय तहको निर्वाचनको स्थितिलाई दृष्टिगत गरी आगामी भदौ ४ र ५ गते महासङ्घको २५ औँ महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको महासचिव उजिर मगरले जानकारी दिए ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेको सट्टा पहिले असार ९ र पछि असार १४ गतेका लागि निर्धारण गरेका कारण महासङ्घका केन्द्रीय सभासद्समेत रहेका क्रियाशील पत्रकारहरू स्थानीय निर्वाचन र सोको परिणामको समाचार सङ्कलन र सम्प्रेषणमा व्यस्त हुनुपर्ने भएकाले महाधिवेशनमा सहभागी हुन सम्भव नभएकाले महाधिवेशनको मिति सारिएको महासङ्घले जनाएको छ । यसअघि महासङ्घको अधिवेशन यही असार २२ देखि २३ गते गर्ने निर्णय भएको थियो । रासस