अन्तर्राष्ट्रिय विमानस्थल आज अपराह्न ४ः३० देखि ५ः०० बजेसम्म बन्द हुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ९ असार । हवाई सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,आज   (शुक्रबार )आधा घन्टा बन्द हुने भएको छ । विमानस्थलले हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा पूर्वअभ्यास गर्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थल अपराह्न ४ः३० देखि ५ः०० बजेसम्म आधा घन्टा बन्द हुनेछ । सो अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रियका सबै उडान अवतरण ठप्प हुने भएको छ ।

हवाई दुर्घटनाबारे आपत्कालीन योजना र यन्त्र उपकरणबारे सम्बन्धित निकायलाई अभिमुखीकरण गराउन पूर्वाभ्यास गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था (आइकाओ) को नियमानुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक दुई वर्षमा ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको हो ।

फरक फरक ठाउँमा यस्तो अभ्यास गरिँदै आएको र अघिल्लो पटक विसं २०७१ मा भक्तपुरको साँघा केन्द्रमा गरिएको विमानस्थलले जनाएको छ ।

विमानस्थल नजिक बाँसको विमान बनाइएको छ । त्यसमा बिमान दुर्घटना र त्यसपछि हुने उद्धारको अभ्यास गरिने छ । अभ्यासका क्रममा विमानस्थलले यस पटक जहाज दुर्घटनाका एक घाइते यात्रुलाई हेलिकप्टरमार्फत ग्रान्डी अस्पतालसम्म पु¥याइने योजना राखेको छ । रासस