कोलम्बियामा १५० यात्रु सवार डुँगा दुर्घटना,९ जनाको मृत्यु,२८जना बेपत्ता

arjun Others/अन्य , ९ वर्ष अगाडि

एजेन्सी । कोलम्बियाको उत्तर पश्चिम भेगस्थित एक जलाशयमा करिब १५० यात्रु सवार डुंगा डुबेको प्रहरीले बताएको छ।
उक्त घटनामा नौ जनाको ज्यान गएको छ भने २८ जना हराइरहेको प्रहरीले जनाएको छ।

ddd

उक्त डुंगा पर्यटकीय नगर ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुबेको हो।सो डुंगामा पानी छिरेपछि छिटोछिटो डुब्न थालेको बताइएको छ।तत्कालै अन्य डुँगाले पीडितहरुको उद्धारको कोशिश गरेका थिए।स्थितिको जाँचबुझ गर्न हवाइ सेनाको हेलिकप्टर त्यहाँ पठाइएको छ।घटनास्थल मेडेइन शहरबाट केही पर रहेको बीबीसीले जनाएको छ।