राष्ट्रपतिविरुद्ध मनपरी लेख्ने नेबि संघका नेता पक्राउ ,साइबर क्राइमसम्बन्धी मुद्दा चलाउने तयारी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौं, ३० असार । राष्ट्रपति विद्यादेबी भण्डारीको नाम जोडर अमर्यादित भाषामा सामाजिक सञ्जालमा अपवाह फैलाउने नेबिसंघका एक नेता पक्राउ परेका छन् । तनहुँको बन्दिपुर निवासी नेविसंघ कार्यकर्ता बिबेक बाँनियालाई फेसबुकमा राष्ट्रपति कार्यलयको नयाँ गाडि खरिद प्रकरणमा अश्लिल र अमर्यादित गाली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । ट्रिनिटी कलेजका विद्यार्थी उनीमाथि प्रहरीले साइबर क्राइमसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

पेशाले पत्रकार सोनुकुमार लामो समयदेखि राष्ट्रपति तथा राष्ट्र उच्च पदस्थ व्यक्तिमाथि तल्लोस्तरको भाषा प्रयोग गर्दै मनपरी लेख्दै आएका थिए । उनलाई थप कारवाहीका लागि काठमाडौं ल्याइएको छ । साइबर क्राइमसम्बन्धी अपराधको दफा ४७ अन्तर्गत पक्राउ परेका सुनारलाई ५ बर्ष कैद र १ लाख रुपैयाँ जरिवानामा मुद्दा चलाउन काठमाडौं ल्याइएको हो ।

सुनारले विभिन्न मितिमा लेखेका राष्ट्रपति, प्रधानमन्त्री देखि ठुलापार्टीका नेताहरुका विषयमा लेखिएका आपत्ति जनक र तुच्छ स्टाटसवाट उनले साइवर अपराध निरन्तर गर्दै आएको ठहर गर्दै सुरक्षाकर्मीका साथ थप अनुसन्धान रतथा कार्वाहीका लागि काठमाण्डौ पठाइएको प्रहरी उपरिक्षक भोजजंग शाहले वताए  ।प्रहरी स्रोतका अनुसार सुनारमाथि प्रहरीले साइबर क्राइम सम्बन्धी मुद्दा अघि बढाएको र ५ वर्षको जेल सजायँ हुनसक्छ । यसअघि प्युठानका सोनुकुमार सुनारलाई प्रहरीले विहिबार कपिलवस्तुबाट पक्राउ गरेको थियो ।