एएफसी यू -२३ च्याम्पियनसिपको अन्तिम चरणमा पुग्ने नेपालको सम्भावना समाप्त ,उज्वेकिस्तान सँग २-० ले पराजित

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाडौँ । नेपालको एएफसी यू२३ च्याम्पियनसिपको अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को दोश्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २ – ० ले पराजित भए सँगै अन्तिम चरणमा पुग्ने सम्भावना समाप्त भएको हो । खेलको २१औं मिनेटमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले सिदिखोभ जाबोखिरको क्रसमा गोल गरेका थिए। दोस्रो हाफको८०औं मिनेटमा उज्बेकिस्तानका गानिएभ अजिजोनले उत्कृष्ट वन टु पासको मुभ बनाउँदै उज्वेकिस्तानको अग्रता दोब्बर पारेका थिए।

उज्वेकिस्तान २ ०को जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। कुनै अंक जोड्न नसकेको नेपाल भने पुछारमै अड्केको छ। समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार लेबनानको सामना गर्नेछ।