यू–२३ च्याम्पियनसिप फुटबलको छनोट चरणबाट बाहिरिएको नेपाली टोली आज स्वदेश फर्कदै

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाडौँ, ५ साउन । एएफसी तेइस वर्षमुनि (यू २३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा बुधबार राति १ बजे सम्पन्न खेलमा नेपाल लेबनानसँग २–० गोलअन्तरले पराजित भएको हो ।

नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल खायो । खेलको पहिलो हाफको २८औँ मिनेट र ९० औँ मिनेटमा लेबनानका हासान कुरानीले दुई गोल गदैँ आफ्नो टोलीको जित सुनिश्चित गरे । समूह डीमा रहेको नेपालले तीन खेल खेल्दा तीनै खेलमा पराजय भोग्यो भने प्रतियोगितामा एक गोल पनि गर्न सकेन  ।

यसैबीच एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागिता जनाउन युएईको पुगेको नेपाली टोली आज स्वदेश फर्कने भएको छ। छनोट चरणका सबै तिन खेलमा पराजय भोगेको नेपाल आज साँझ नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।नेपाली टोली फ्लाई दुबईको विमानबाट साँझ ६ बजे त्रिभुवन विमानस्थल उत्रने कार्यक्रम रहेको छ।